काठमाडौं– गत वर्षको दशैंमा चलचित्र ‘छ माया छपक्कै’ रिलिज भयो । असोज २४ गतेबाट रिलिज भएको उक्त चलचित्र सिने उद्योगमा हिट चलचित्रको लिस्टमा पर्न सफल भयो । दीपक–दीपाको टिमसँग मिलेर रोहित अधिकारीले लगानी गरेको यो चलचित्रको चर्चा पनि राम्रै भयो ।
चलचित्रले केही हलमा प्रदर्शनको ५१ दिन पूरा गर्यो । निर्माता निर्देशकले ५१ दिनको सेलिब्रेसन गरे । तर, यही चलचित्रबापत निर्माताले हलवाला तथा वितरकबाट पाउनुपर्ने रकम पाएका छैनन् ।
निर्माता रोहित अधिकारीले देशभरबाट झण्डै २ करोड सेयर रकम उठ्न बाँकी रहेको बताएका छन् । बारम्बार ताकेता गर्दा पनि पैसा उठाउन नसकेपछि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत दुखेसो पोखेका छन् ।
स्टाटस