काठमाडौं– पछिल्ला केहिदिन यता नेपाली बजारमा सुनको मूल्य उकलो लाग्ने क्रम जारी छ । सोमबार प्रतितोला सुनको मूल्य १२ सयले बृद्धि भएको छ ।
हिजो प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९७ हजार ५ सय कायम भएको छ ।
कोरोना कहरका कारण विश्वकै अर्थतन्त्र बिग्रदै गएका कारण लगानी कर्ताले आफ्नो लगानी सुरक्षित गर्न सुनमा आकर्षित भएका कारण सुनको मूल्य महँगो हुँदै गएका सुनचाँदी व्यवसायी महासंघ भाउ निर्धारण समिकिा संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।