काडमाडौं– दरबारमार्ग विकास बोर्डले आज घरधनीसँग वार्ता सुरु गरेको छ । बोर्डले रञ्जन कुमार दाहाललाई मध्यस्थकर्ता बनाएर घरभाडा छुटका विषयमा घरधनीसँग वार्ता सुरु गरेको हो ।
केही दिनअघि व्यवसायीले घरभाडा छुटका लागि दरबारमार्ग विकास बोर्डमा निवेदन दिएका थिए । व्यवसायीले कोरोना महामारीका कारण व्यवसाय ठप्प भएकाले घरभाडा छुट गरिदिन बोर्डमा निवेदन दिएका हुन् ।
निवेदनमा लेखिएको थियो, ‘घरधनी र व्यवसायीबीच घरभाडासम्बन्धी आवश्यक छुट गराउन र व्यवसायमा सहुलियतका लागि सरकारसँग लबिङ गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’
बोर्डमार्फत गरिने घरधनीसँगको छलफलबाट व्यवसायीको हितमा निर्णय हुने अपेक्षा गरिएको छ ।