एजेन्सी– कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएकी बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन घर फर्किएकी छिन् ।
सोमबार उनी सहित उनकी छोरी अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका हुन् । गत जुलाई १७ मा ऐश्वर्या र आरध्या अस्पताल भर्ना भएका थिए ।
उनीहरु घर फर्किएपछि अभिषेक बच्चनले सबैको माया प्रति आभार प्रकट गर्दै लेखेका छन्– ‘तपाईहरुको प्राथना र मायाका लागि म जिन्दगीभरी ऋणि रहने छु । ऐश्वर्या र आरध्याको रिपोर्ट नेगेटिभ आयो । उनीहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । म र बुबा भने डाक्टरको निगरानीमा अस्पतामै उपचार गराउँदै छौँ ।’