काठमाडौं– कोरोना भाइरसबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ । बारा, पर्सा र धनुषामा कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
६५ वर्षीया भारतीय नागरिकको पर्सामा मृत्यु भएको छ । यस्तै, धनुषामा ३६ वर्षीय पुरुष तथा बारामा ६० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना संक्रमणबाट मृत्यु भएका तीन जनामै मधुमेह, निमोनिया तथा श्वाप्रस्वासका समस्या देखिएको बताइएको छ ।