काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदमा रमेशकुमार सिलवाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले सिलवाललाई चार वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरेको हो ।
नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनपछि स्वतः खारेज भएको सदस्य सचिवको पदमा पहिलो पटक छनोटका आधारमा सिलवाल पुनः नियुक्त भएका हुन् ।
नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफारिस समितिले पठाएको एक महिलासहित तीन जनामध्येबाट सिलवाल सदस्य सचिव नियुक्त भएका हुन् ।
समितिले सिलवालसहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल संघका पूर्वउपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो । त्यसैगरी बैठकले उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरेको छ ।