एजेन्सी - युरोपीयन मुलुक स्पेनमा फेरि कोरोना भाईरस देखिन् थालेको छ । स्पेनका १७ वटा क्षेत्रहरुमध्ये १० भन्दा बढी क्षेत्रमा पुन कोरोना भाईरस संक्रमित भेटिएको हो ।
जुलाई तेस्रो सातादेखि दैनिक १ हजारभन्दा बढी नयाँ संक्रमितहरु देखिन् थालेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।
स्पेनमा फेरि संक्रमितहरु देखिएपछि अहिले बेलायत लगायत युरोपका केही देशहरुले स्पेनलाई प्रतिबन्ध लगाएको छ ।
ब्रिटेन सरकारल स्पेनका सबै उडानहरू अगस्टसम्मका लागि रद्द गरेको छ भने स्पेनबाट फर्केकाहरूलाइृ १४ दिनसम्म क्यान्टाईनमा बस्नुपर्ने निर्णय गरेको छ ।
फ्रान्सका प्रधानमन्त्री जीन क्यास्टेक्सले आफ्ना यतिबेला स्पेन नजान आग्रह गरेका छन् भने नर्वेले पनि स्पेनमा आएका यात्रीहरुलाई १० दिनको क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेसले भने स्पेनमाथि लगाएको प्रतिबन्धप्रति असन्तुष्टि ब्यक्त गरेका छन् । प्रधानमन्त्री सान्चेसले स्पेनमा अन्य यूरोपियन देशहरु र बेलायतमाभन्दा कम संक्रमण रहेको बताउँदै आएका छन् ।