काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।
नेकपाको १० असारदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकारबाट राजीनामा दिनुपर्ने कुरा अगाडी आएपछि अहिले नेकपाको विवाद उत्कर्षमा पुगेको छ ।
नेकपाको पछिल्लो बैठकमा प्रधानमन्त्री उपस्थित नभएपछि अघिल्लो बैठक स्थगित गरिएको थियो ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका अन्य नेताहरुले अब पनि प्रधानमन्त्री सहमतिमा नआए बैठकबाट बहुमतका आधारमा निर्णय प्रक्रियामा जाने आंकलन गरिएको छ ।
ओली पक्ष भने अध्यक्ष दाहालसँग छलफल गरेर यो विषयलाई टुंगोमा लगाउने मनस्थितिमा रहेको बुझिएको छ ।