काठमाडौं - गाउँघर तिर पाइने कर्कलोलाई मानिसहरुले तरकारीको रुपमा प्रयोग गर्ने गर्छन् ।
हामीले गर्मी यामको सजिनमा यसलाई तरकारीको रुपमा खाइरहेको भएपनि धेरैलाई यसको गुणको बारेमा थाहा नहुन सक्छ ।
भिटामिनले भरिएको कर्कलोको फल र पातको सेवनले औषधीको काम गर्दै स्वास्थ्यलाई फाईदा पुर्याउने काम गर्छ ।
कर्कलोमा प्रशस्त मात्रामा फाइवर, प्रोटिन, पोटासियम, भिटामिन, क्याल्सियम, आइरन लगायतका पोषक तत्वहरु पाइन्छ ।
जसले हामीलाई विभिन्न रोगसँग लड्ने क्षमतामा सहयोग पुर्याउछ ।
कर्कलोको पात र पिँडालु दुबै भिटामिन युक्त खाना भएका कारण यसले हाम्रो रगतलाई शुद्ध राख्न सहयोग गर्छ ।
कर्कलोको डाँठमा धेरै गुण हुने भएकाले कर्कलोको सेवन खोजीखोजी गरौं ।