लण्डन - बेलायती सेनामा गोरखा सैनिकले पुर्याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरेको छ ।
ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्ने तयारीमा रहेको बताएका थिए ।
हालसम्म श्वेत बेलायतीबाहेक अन्य कुनै पनि समुदायका मानिसको तस्वीरअङ्कित सिक्का ननिकालिएको जनाइएको छ ।
सिक्का छाप्नका लागि कस्तो किसिमको बनाउने भन्नेबारे यसको ढाँचाका सन्दर्भमा कुरा भइरहेको र त्यसैका लागि सम्पूर्ण प्रस्ताव रोयल मिन्समा पेश गरिएको ट्रेजरी मिनिस्टरले जनाए ।
रोयल मिन्ट बेलायतमा सिक्का छाप्ने सरकारको स्वामित्व रहेको संस्था हो । यसले प्रत्येक वर्ष ६० भन्दाबढी देशको सिक्का छाप्ने काम गर्दछ । रासस