काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पक्षको बैठक बालुवाटारमा चलिरहेको बेला उपाध्यक्ष वामदेव गौतमले दुई अध्यक्षलाई छ बुँदे दिएका छन् । गौतमले भैँसेपाटीबाटै दुवै अध्यक्षलाई छ बुँदे सुझाव दिएका हुन् ।
गौतमले आफ्नो मतसहितको सुझाव सार्वजनिक गर्दै महाधिवेशनसम्म केपी शर्मा ओलीलाई पार्टी अध्यक्षको जिम्मेवारी दिनुपर्ने बताएका छन् । त्यस्तै, उनले प्रतिनिधिसभाको कार्यकालको बाँकी अवधिभर केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेका छन् ।
उनले अर्का अध्यक्ष बारे लेखेका छन्, ‘पुष्पकमल दाहाल प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने ।’
गौतमले पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्न प्रस्ताव गरेका छन् । उनले पार्टीका बैठकहरू पार्टी कार्यालयमा आयोजना गर्न पनि सुझाएका छन् ।