काठमाडौं– गायक प्रमोद खरेलको आवाजमा नायँ गीत सार्वजनिक भएको छ । ‘हाँस्दा हाँस्दै रुनु पर्ने पार्यो नियतिले’ बोलको सार्वजनिक गीत कवि मणि रत्नले लेखेका हुन् । गीतकार रत्नको यो तेस्रो गीत हो ।
सार्वजनिक गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका छन् । गीतमा संगीत संयोजन भने सुदिप सागरले गरेका हुन् ।
गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । म्यूजिक भिडियोमा नगमा श्रेष्ठ र दिनेश कठायत जोडीका रुपमा देखिएका छन् । राज केसीले निर्देशन गरेको गीतको म्यूजिक भिडियो मार्फत यथार्थ प्रेममा भोगेको कथा प्रस्तुत गर्न खोजेको गीतकारले बताएका छन् ।