काठमाडौं– पछिल्लो २४ घण्टामा ३ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । २५ घण्टामा ३ सय ११ कोरोना संत्रलमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका छन् । योसहित नेपालमा कोरोना संत्रलमितको संख्या १९ हजार ६३ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १ सय २९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ सय २१ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । योसहित निको भएर घर फर्किनेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ ।
आजै कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।