काठमाडौं– काठमाडौं उपत्यकामा मात्रै मंगलबार ५३ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका हुन् ।
सोमबार उपत्यकामा ६ जना संक्रमित थपिएका थिए । मंगलबार देशभर ३११ जना संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट मंगलबार १ जनाको ज्यान गएको छ ।