टोकियो– जापानी सवारी साधन निर्माता निसानले महामारीको कारण चालु आर्थिक वर्षमा ६.४ अर्ब अमेरिकी डलरको घाटा हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा महामारीको समय सवारी साधनको बिक्रीमा आएको कमीका कारण २.७ अर्ब अमेरिकी डलर घाटा भएको जनाएको छ ।
‘कोभिड–१९ का कारण पूरा त्रैमासिकमा निसानको प्रमुख बजारहरू निकै प्रभावित बनेका छन्,’ प्रमुख सञ्चालन अधिकृत अश्वामी गुप्ताले बताए । जापान, चीन र अमेरिकाको कारोबारमा मन्दी आउँदा आफ्नो विश्वव्यापी व्यापार मूल्य ५०.५ प्रतिशतमा झरेको निसानले बताएको छ ।
यस वर्षका लागि गरिएको वार्षिक प्रक्षेपणमा निसानलाई गत वर्षको तुलनामा ६७० जापानी येन घाटा हुने अनुमान गरिएको भए पनि मेसम्मको घाटा ६७१ हुनुले कम्पनीको कारोबार थप संकटमा गएको बताइएको छ ।–रासस