काठमाडौं– मंगलबार मात्रै कोरोना संक्रमणका कारण विश्वभरका ४ हजार १ सय ५३ जनाले ज्यान गुमाएका छन् । सोमबार ५ हजार ४९० संक्रमितले ज्यान गुमाएका थिए ।
अहिलेसम्म २१६ देशमा फैलिएको कोरोना महामारीका कारण विश्वभरका कुल ६ लाख ५० हजार ६ सय ५ जना मानिसले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्ले गरिएको छ । अहिलेसम्म विश्वका १ करोड ६३ लाख ५४ हजार ९ सय २ जना मानिसमा यो संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणको सुरुवाती दिनमा अमेरिकन देशमा भाईरसको प्रभाव उच्च देखिएको थियो । पछिल्लो समय यो भाईरसको संक्रमण प्रभाव अफ्रिकन देशमा उच्च देखिएको छ । अप्रिकन देशमा अहिले कोरोना महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ ।
७ हजार ६७ जना मानिसले अप्रिकन देशमा कोरोना कारण ज्यान गुमाइसकेका छन् । हालसम्म ४ लाख ५२ हजार मानिसमा यो संक्रमण पुष्टि भएको छ ।