काठमाडौं– आज अन्तर्राष्ट्रिय बाघ दिवस मनाइँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणकार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घसंस्थाको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेकी छिन् ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाइका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुसार आज नेपालमा पनि यो दिवस मनाउने गरिन्छ ।
सन २०१० मा रुसमा भएको बाघ पाइने देशको सम्मेलनमा नेपाल सहित १३ देशले सन २२ सम्म पाटे बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएका थिए । नेपाल यो लक्ष्य नजिक पुगेको छ ।
सन् २०१० मा नेपालसँग १ सय २१ पाटे बाघ थिए । हाल यो संख्या बढेर नेपालमा २ सय ३५ पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
बाघ संरक्षण योजना बनाएर बाघ संरक्षण गरिरहेको विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठको भनाई छ ।