दाङ– पहिरोमा घर पुरिदा दाङमा २ जनाको मृत्यु भएको छ । दाङको बंगलाचुली गाउँपालिकामा घरमाथिबाट आएको पहिरोमा परि २४ वर्षीया बाटुली नेपाली र उनकी २ वर्षीया छोरी आयुष्मा नेपालीको मृत्यु भएको हो ।
गएरातिबाटै अबिरल परेको पानीका कारण बुधबार विहान ३ बजेतिर घरमाथिको कान्ला भत्केर घर पुरेको हो । घरभित्र सुतिरहेका उनीहरुके घरसँगै पुरिएर ज्यान गएको हो ।