कैलाली– लगातारको भारी वर्षासँगै नदीको तटबन्ध फुटेर बस्तीमा बाढी पसेपछि कैलालीका सयभन्दा धेरै घर डुबानमा परेका छन् । जिल्लाका कान्द्रा, काडा घुराहा र पथरैया नदीमा आएको बाढी बस्तीमा पसेको हो । बाढीका कारण भजनी, टिकापुर र जोशीपूरका बस्ती डुबानमा परेका हुन् ।
काडा नदीको डुबानमा परेको जोशीपुरका २५ घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिएका छन् । सोही बस्तीमा केहि दिन अघि आएको बाढीले केहि घरमा क्षति गरेको विष्टले बताए ।
जोशीपुरमै पथरैया नदी पस्दा ८ घर डुबानमा परेका छन् । कान्द्रा नदी पसेको भजनी बस्तीका २० घर डुबानमा परेका छन् । घर डुबानमा परेका यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भैरहेको प्रहरीले जनाएको छ ।