काठमाडौं– पत्रकार तथा साहित्यकार जितेन्द्र रसिकको पत्रकारिता, उद्घोषण तथा भाषण कला सम्वन्धि पुस्तक ‘पव्लिक स्पिकिङ’ सार्वजनिक भएको छ । सोमवार प्रकाशन गृह ब्रदर बुक्सले पुस्तक सार्वजनिक गरेको हो । पत्रकार महासँघका पूर्व केन्द्रिय सदस्य ईश्वरीप्रसाद वाग्ले, प्रकाशक यज्ञराज न्यौपाने र बद्रि अधिकारीले पुस्तक सार्वजनिक गरेका हुन् । कोभिड १९ कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रकाशन गृहमै पुस्तक सार्वजनिक गरिएको लेखक जितेन्द्र रसिकले बताए ।
पुस्तक पत्रकारिता सिक्न चाहाने र उद्घोषण र भाषणकला सिक्न चहनेहरुका लागि उपयोगी रहेको पत्रकार महासँघका पूर्व केन्द्रिय सदस्य ईश्वरीप्रसाद वाग्लेले बताए । लेख जितेन्द्र रसिकले नेपाल जस्तो विकासोन्मुख मुलुकमा पनि सञ्चार र सञ्चारगृह व्यावसायिक रूपमा अघि बढ्न थालेको इतिहास धेरै लामो नभएको बताए ।
पछिल्लो समय सञ्चार क्षेत्रमा आकर्षण भने बढ्दो रहेको बताए । लेखक रसिकले पुस्तक सञ्चार क्षेत्र वा उद्घोषण क्षेत्रमा आउन चाहनेहरूका लागि यो पुस्तकले सघाउने बताए । २० वर्ष पत्रकारितामा काम गरिसकेका रसिकले आफ्नो अनुभव नयाँ पुष्ताका लागि उपयोगी हुने भएकाले रेडियो, टेल्भििजन, पत्रिका र अनलाइन पत्रकारितामा आउन चाहनेहरुका लागि सरल भाषामा सिकाई गर्न सकिने गरि पुस्तक लेखिएको बताए ।
लेखक रसिकले भने, ‘सञ्चारमा आउन चाहने वा घरैमा बसेर पनि बोल्ने कला र व्यक्तित्व विकासका लागि यो पुस्तकले सघाउनेछ ’ पुस्तकमा सङ्क्षिप्त रूपमा विश्वकै र नेपालको आमसञ्चार र सञ्चारको इतिहासदेखि, रेडियो, टेलिभिजन, छापा पत्रकारिता अनलाइन, उद्घोषण (रेडियो उद्घोषण, टेलिभिजन उद्घोषण, औपचारिक वा कार्यक्रम उद्घोषण) र भाषणकलालगायतका विषयहरू समेटेका छन् ।