काठमाडौं– आज काठमाडौं उपत्यकामा १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काडमाडौंमा १४ र भक्तपुरमा १ गरी उपत्यकामा १५ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो चौबिस घण्टामा नेपालमा २ सय १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जनाएका छन् । योसँग नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ ।
बुधबार १ सय ४६ जना डिस्चार्ज भएका छन् भने हालसम्म १४ हजार २१ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । नेपालमा कोरोनाबाट ४९ जनाको मृत्यु भएको छ ।