काठमाडौं - तनहुँमा थप ३ जनामा कोरोना भाइरस भएको पुष्टि भएको छ ।
तनहुँ जिल्लाका व्यास नगरपालिकाका २ जना र ऋषिङ गाउँपालिकाका १ जनामा कोरोना भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयले बताएको छ ।
संक्रमण देखिएका तीन पुरुष मध्ये व्यास नगरपालिकाका १७ र २४ वर्षका छन् भने ऋषिङ गाउँपालिकाका ३९ वर्षीय रहेका छन् ।
उनीहरुको उपचारका लागि आइशोलेसनमा राख्ने तयारी भैरहेको निर्देशानालयले जनाएको छ ।
निर्देशानालयबाट आज बिहान १० बजेर ३० मिनेटमा जारी गरिएको प्रेस विज्ञप्तीमा गण्डकी प्रदेश भरि १ हजार ४ सय ७९ जनामा कोराना संक्रमण भएको र हालसम्म १ हजार १ सय ३० जना निका भएर घर फर्किएको बताइएको छ ।