बारा– उच्च सतर्कता अपनाएर उद्योग व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयले बारा–वीरगन्ज कोरिडोरमा रहेका उद्योगमा कार्यरत श्रमिकमा कोरोना संक्रमण देखिएकाले उच्च सतर्कता अपनाएर उद्योग व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको हो ।
कार्यालयकाे सूचनामा ‘दैनिक रूपमा थर्मलगनमार्फत कर्मचारीको तापक्रम मापन गर्ने, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री प्रयोग गर्न लगाउने र भौतिक दुरुी कायम गर्ने गराउने’ भनिएको छ ।
‘कर्मचारीलाई कोरोना संक्रमणको लक्षण देखिएमा पिसिआर परीक्षण गर्ने/गराउने,’ सूचनामा उल्लेख छ । उद्योग, व्यवसाय तथा प्रतिष्ठानले यस किसिमका सतर्कता पालना गरे वा नगरेको स्थानीय तहले अनुगमन गर्नेछ ।