काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसद्मा व्यक्त गरेका विचारको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानले वि.सं. २०६५–७५ सम्म संविधानसभा र व्यवस्थापिका संसद्मा दाहालले सम्बोधन गरेका कुरालाई विभिन्न ४२ शीर्षकमा समेटेको छ । दाहालका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले कोरोनाका कारण पुस्तकलाई औपचारिक रूपमा सार्वजनिक नगरी बजारमा उपलब्ध गराइएको बताए ।
विभिन्न राजनीतिक शक्तिबीच भएका संघर्ष तथा पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्ने वर्ग, संस्कृति र विचारसँगको टकराव एवं रुपान्तरणका अनेक प्रयास यसमा संगृहीत छन् ।