काठमाडौं– दरबारमार्गमा प्रतिनिधिमार्फत घरभाडा समस्या हल गरिने भएकाे छ । दरबारमार्गका व्यवसायी र दरबारमार्ग विकास बोर्डबिच आज भएको छलफलमा घरभाडा समस्या समाधानका लागि प्रतिनिधि पठाउने निर्णय भएको हाे ।
छलफलमा बोर्डले व्यवसायीका तर्फबाट तीन र विकास बोर्डका तर्फबाट तीन जना प्रतिनिधि पठाउने निर्णय गरेकामा व्यवसायीले आफ्ना तर्फबाट सात जना प्रतिनिधि पठाउने निर्णय गरेको छ । प्रतिनिधिहरुले आवश्यक निर्णय र समन्वय गर्नेछ अपेक्षा गरिएको छ ।
यसअघि दरबारमार्गका व्यवसायीले घरभाडा छुटका लागि विकास बोर्डमा निवदेन दिएका थिए । विकास बोर्डले यस सम्बन्धमा छलफलका लागि घरधनीलाई डाकेको थियो । तर, घरधनी उपस्थित नभएपछि व्यवसायी र बोर्डबीच समिति बनाएर समस्या समाधान गर्ने निर्णय भएको थियो ।