काठमाडौं - फलफुलको सेवन स्वास्थ्यका लागि उत्तम मानिन्छ । फलफुलको प्रयोग स्वास्थ्यको लागि फाइदाजनक पनि हुन्छ ।
तर केहि फलफुल यस्ता हुन्छन्, जुन यी रोगीहरुले नखाएकै राम्रो मानिन्छ । यदि तपाईको प्रेसर लो छ भने तपाईले अनार नखाँदा नै राम्रो हुन्छ ।
अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ । तर यसले स्वास्थ्यमा सुधार आउनुको साटो उल्टो बिग्रिन सक्छ । अनारमा एंटीआक्सीडेंट्स पाइन्छ, जसले मानिसको प्रेसरलाई घटाउने काम गर्छ ।
त्यसैले प्रेसर लो हुने व्यक्तिले अनार खानु हुँदैन । त्यस्तै शरीरको तौल घटाउन चाहने मानिसले पनि अनार नखाएकै बेस हुन्छ । अनारको सेवनले मानिसको शरीरको तौल बढ्ने गर्छ ।
मधुमेह तथा दम रोगीका रोगीहरुले पनि अनार खानु हुँदैन । अनारले शरीरको सुगरको मात्रा बढाउने तथा दमका रोगीलाई झन् दम बढ्ने समस्या हुन्छ ।
त्यस्तै कब्जियत र कलेजोमा समस्या भएका व्यक्तिहरुले पनि अनार खानु हुँदैन । अनारमा फाईबर्सको मात्रा अधिक हुने हुँदा कब्जियत र पेटमा ग्यास बढाउँने काम गर्छ । अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर पुर्याउँछ ।
यो सँगै यदि तपाईले बिपी वा कोलेस्ट्रोल कम गर्नका लागि औषधी सेवन गरिरहनु भएको छ भने पनि अनार नखानुहोस् । अनार खाएको बेला तपाईको औषधीले काम नगर्न सक्छ ।