एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै पार्टीभित्र अल्पमतमा परेका छन् ।
अमेरिकामा हुन लागेको राष्ट्रपतिको चुनाव सार्ने प्रस्तावलाई उनकै रिपब्लिकन पार्टीका नेताहरुले अस्वीकार गरेपछि उनी अल्पमतमा परेका हुन् ।
ट्रप्पलेले यहिँ नोभेम्बरमा हुने चुनावलाई सार्नका लागि प्रस्ताव गरेका थिए । उनका उक्त प्रस्तावलाई रिपब्लिकन पार्टीका नेताहरु मिच मककोनेल र केभिन मकार्थीले अस्वीकार गरेका हुन् ।
यी दुई नेताहरुको हाउस अफ रेप्रेजेन्टेटिभ्समा तथा सिनेटमा बहुमत रहेको छ । ट्रम्पले चुनावमा धाँधली हुन सक्ने भन्दै चुनावको मिति पर धकेल्न खाजेका हुन् ।
उनको यो प्रस्तावलाई यतिबेला विपक्षी पार्टी डेमोक्र्याटिकले पनि चर्को आलोचना गरिरहेको छ ।
कोरोनाको कारण अमेरिकी जनताले आउने नोभेम्बरमा हुलाकमार्फत मतदान गर्दै अमेरिकाको राष्ट्रपति छान्दै छन् ।