काठमाडौं- दुई दशकदेखि ‘सौन्दर्य व्यवसाय’मा संलग्न काठमाडौंकी शर्मिला मुनिकारलाई कोरोना आतंकका कारण भएको लकडाउनले निकै असर गर्यो । लकडाउनसँगै वनस्थलीस्थित ब्युटीपार्लर र तालिम सेन्टर बन्द भयो । सुत्केरी हुँदासमेत बन्द नगरेको पसलमा निरन्तर ताला लगाउनु पर्दा उनलाई निकै दु:ख लाग्यो ।
तर, उनले लकडाउनको अवधिलाई सौन्दर्यसम्बन्धी अध्ययन गर्ने अवसरका रुपमा प्रयोग गरिन् । असार ४ गतेपछि उनले पार्लर सञ्चालनमा ल्याएकी छिन् । उनले आफ्नो पार्लरमा कोभिडबाट जोगिन अपनाउनुपर्ने सबै उपाय अपनाएकी छिन् । मास्क र सेनिटाइजर प्रयोग गर्नेदेखि भौतिक दूरी कायम नगरी उनको पार्लरमा प्रवेश पाइँदैन ।
-
-
-
-
-
-
-