काठमाडौं– शुक्रबार एक कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ललितपुरकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
गत असार ६ गते कोरोना पोजेटिभ देखिएपछि उनी पाटन अस्पताल भर्ना भएकी थिइन् । त्यसअघि स्टार अस्पताल सानेपामा उपचाररत ति महिलामा निमोनियाको समस्या रहेको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले जानकारी दिए ।
बिहीबार बिरंगन्जमा ३ जनाको मृत्यु भएको थियो । यो सहित नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।