काडमाडौं– नेपालमा कोरोनाका कारण आज चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साका ५६ र ३५, ६५ वर्षीय पुरुष र ६५ वर्षीया महिलाको मृत्यु भएको हो । योसँग नेपालमा कोरानाका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
त्यस्तै शुक्रबार २ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । आजै १ सय ५१ जना डिस्चार्ज भएका छन् । योसँग डिस्चार्ज हुनेको संख्या १४ हजार ३९९ रहेको छ ।