काठमाण्डौ - नेपाली कांग्रेसले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई सम्मान गरेको छ ।
शुक्रबार पार्टी कार्यालय सानेपामा एक कार्यक्रम आयोजना गर्दै कांग्रेसले सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई १० हजारका दरले सम्मान गरेको हो ।
विभागले एकभन्दा बढी स्पर्ण जित्ने खेलाडीलाई थप पाँच हजार दिइएको थियो । सभापति शेरबहादुर देउवा समेत उपस्थित कार्यक्रमको आयोजना कांग्रेस खेलकुद विभागले गरेको थियो ।
सागमा नेपालले २०६ वटा पदक हात पारेको थियो जसमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य थिए ।
विभागले स्वर्ण पदक विजेतालाई मात्रै सम्मान गरेको हो । देशलाई रजत र कास्य पदक दिलाउने खेलाडी पनि छिट्टै एक कार्यक्रमका बीच सम्मान गर्ने विभागले बताएको थियो ।