वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स टिकटकमा प्रतिबन्ध लगाउन सकिने जानकारी दिएका छन् ।
उनले भने, 'हामीले यस विषयमा विचार गरिरहेका छौं कि अमेरिकाले टिकटकलाई प्रतिबन्ध लगाउन पनि सक्छ ।' उनका अनुसार टिकटकका अरु कैयौं विकल्प खोजी गरिएको छ ।
अमेरिकामा कतिपय चिनियाँ एप्लिकेन्सहरुमा प्रतिबन्ध लागेको छ । त्यसैले अमेरिकाले टिकटकमा पनि प्रतिबन्ध लगाउन सक्ने तयारी गरेको चर्चा सुरु भएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाइ आएको हो ।