काठमाडौं– पछिल्लो २४ घण्टामा विपद्का घटनामा परी सात जनाको मृत्यु भएको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ का एकै परिवारका ४, कालिकोटको राष्कोट नगरपालिका–१ चडिपानीका १, कालिकोटकै पलाता गाउँपालिका–८ का १ र बाजुराको बूढीगंगा नगरपालिका–१ अमकोटका १ जनाको पहिरोमा परी मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
त्यस्तै, पहिरामै परी सात जना घाइते भएका छन् । दुई ठाउँ सडकमा अवरोध भएको छ भने तीनवटा चौपायामा क्षति पुगेको छ ।
