काठमाडौं - डोटी जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ भुर्केलागाउँमा आएको पहिरोले ३५ घरपरिवार विस्थापित भएका छन् ।
गाउँमा माथि र तल दुवैतिरबाट पहिरो जाँदा उनीहरु विस्थापित भएको प्रहरीचौकी डौडले जनाएको छ ।
लगातारको वर्षाका कारण पहिरोले गाउँ नै जोखिममा भएकाले स्थानीयवासी अहिले घर छाडेर माथिको अग्लोडाँडामा पाल टाँगेर बसका छन् ।
पहिरोले उक्त गाउँनै विस्थापित भएपछि उनीहरु अहिले गाउँमाथिको डाँडामा एकै ठाउँमा भेला भएर रातभर जाग्राम बस्ने गरेको स्थानीयवासीको भनाई छ ।
गाउँमाथिबाट कुनै पनि बेला पहिरो खस्ने भएकाले उक्त गाउँवासीलाई सुरक्षित स्थानमा सार्नुपर्ने स्थानीयवासीको माग छ ।
- रासस