एजेन्सी - रसियाले आउँदो तीन महिनाभित्र कोरोना भाइरसको खोप ल्याउने बताएको छ ।
रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले अक्टोबर महिनाभित्र आफ्ना नागरिकलाई कोरोनाको खोप दिने बताएका हुन् ।
उनले अगस्टको अन्तिमसम्म खोपको लागि स्वीकृति लिने जनाएका छन् ।
खोप पूर्णरुपमा तयार भएपछि पहिलो चरणमा रसियाका चिकित्सक र शिक्षकलाई प्रदान गर्ने बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
रसिया बाहेक अमेरिका, बेलायत तथा भारत पनि खोप निर्माण गर्ने कार्यमा लागि रहेका छन् ।
विश्वमा एक करोड ७९ लाख मानिसलाई कोरोना सङ्क्रमण भएको छ, जसमा रसिया चौथो स्थानमा छ ।
अहिलेसम्म रुसका १४ हजार नागरिकको कोरोनाबाट मृत्यु भएको छ ।