काठमाडौं– लकडाउन खुलाइएपछि कोरोना भाइरस बाट सामुदायिक स्तरमा संक्रमण बढेपछि नेपाल सरकारले फेरि लकडाउन गर्ने संकेत गरेको छ ।
स्वाथ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सवारी साधन फेरि जोर–विजोर प्रणालीअनसार सञ्चालन गरेर पुनः कडाई गरिने तयारी भइरहेको छ । उनका अनसार यसबारे साउन ११ गते नै स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।
स्वास्थ्यले गृहलाई गरेको पत्राचारमा काठमाडौं उपत्यका भित्रने सवारीमा साँझ ७ देखि बिहान ७ बजेसम्म रोक लगाउन पनि भनिएको थियो । जसअनुसार हाल काठमाडौंको नाकामा कडाई सुरु गरिएको छ । जसको प्रेस विज्ञप्ति जारी गर्दै गृहले जानकारी गराएको थियो ।
लकडाउन खुलेसँगै सार्वजनिक सवारी सुचारु हुँदा सर्वसाधारणहरु अत्याधिक रुपमा बाहिर निस्केको र होटललगायत व्यवसाय खुल्दा मानिसको आउजाउ बढेको छ । प्रहरी प्रधान कार्यालय, ट्राफिक कार्यालयमा कोरोना संक्रमणले समुदायमा संक्रमण बढ्दो देखिएकोले स्वाथ्य मन्त्रालय यसतर्फ सचेत रहेको सहप्रवक्ता अधकिारीले जनाए ।
स्थानीय सरकारले देशका केही शहरमा पुनः लकडाउन गरिसकेको छ ।