काठमाडौं– इलाम नगरपालिका–७ का तीन वर्षीय बालक प्रभास श्रेष्ठलाई मिर्गौला क्यान्सर भएको रिपोर्ट आएपछि परिवार समस्यामा परेका छन् । आर्थिक अभावका कारण उपचारमा समस्या आएपछि परिवारल खर्च जुटाइदिन आग्रह गरेका छन् ।
उपचारका लागि लाखौं आवश्यक रकम जसटाउन नसक्दा काठमाडौंस्थित कान्ति बाल अस्पतालमा रहेका बालक श्रेष्ठको खास उपचार हुन सकेको छैन । उनको उपचारमा रु १२ देखि १३ लाख खर्च हुने अस्पतालले जनाएको छ ।
आफ्नो भएका सम्पति बेचविदन गर्दा पनि यति रकम जम्मा नहुने भएपछि बालकका बाबु गाृपाल श्रेष्ठले सहयोगको लागि सार्वजनिक रुपमा आग्रह गरेका छन् ।