काठमाडौं– नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली कविताको प्रादेशिक इतिहास’ तयार पार्ने भएको छ । प्रतिष्ठानको साहित्य विभागबाट यो इतिहास तयार पार्ने तयारी सुरु भएको छ ।
‘देशका सातवटै प्रदेशका नेपाली कविताको प्रादेशिक इतिहास लेअनको कार्य सुरु भैसकेको छ’ विभाग प्रमुख प्राज्ञ प्रा.डा. होमनाथ पौडेलले बताए ।
नेपाली कविताको प्रादेशिक इतिहास लेखनका लागि प्रदेश १, प्रा.डा. भोलानाथ पोखरेल, दुईका लागि तोयाराज घिमिरे, वाग्मती प्रदेशका लागि डा. गीता त्रिपाठी, गण्डकी प्रदेशका लागि प्रा.डा. यदुनाथ ढकाल, पाँच नम्बर प्रदेशका लागि डा. विन्दु शर्मा, कर्णाली प्रदेशका लागि प्रा. जगतप्रसाद उपाध्याय र सुदूरपश्चिम प्रदेशका लागि श्यामसुन्दर ढकाल र बद्रीप्रसाद बिनाडीलाई जिम्मेवारी दिइएको छ ।
प्रादेशिक इतिहास तयार भएपछि नेपाल प्रज्ञा–प्रतिष्ठानको केन्द्रीय योजना अन्र्तगत ‘नेपाली कविताको इतिहास’ लेखन कार्य सुरु गर्ने प्राज्ञ प्रा.डा. होमनाथ पौडेलले जानकारी दिए ।