काठमाडौं– कोरोना संक्रम पहिचानका लागि आरडीटी परिक्षण नगर्न सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमले कोरोनाको निधान र पहिचानका लागि आरडीटी परीक्षण नगर्न निर्देशन दिएका हुन् ।
विश्व स्वास्थ्य संगठनले यस अघिनै आरडीटी रिपोर्टलाई कोरोणा परिक्षण मापदण्डमा मान्यता नदिने बताइसकेको छ । तर, नेपाल सरकारले भने विश्व स्वास्थ्य संगठनको मान्यता विपरित नै आरडीटी परिक्षण गर्दै आएको थियो ।
अब भने सातै प्रदेश, स्थानीय तह र अस्पतालले आरडीटी परिक्षण गर्न नपाउने भएका छन् । नजस्वास्थ्य विज्ञहरुले पटक पटक आरडीटी परिक्षण बन्द गरेर पीसीआर परीक्षणको दायर बढाउन सुझाव दिदै आएका थिए ।