काठमाडौं - आइतबार रातिको अविरल वर्षालका कारण पहिरो जाँदा मेलम्ची –११ मेलम्ची बजारमा आठ जना बेपत्ता भएका छन् ।
कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएका हुन् ।
पहिरो आज बिहान २ बजे गएको थियो । पहिरोमा परेका एक जनाको भने उद्घार भएको जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीले बताएको छ ।
निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो । अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् । - रासस