काठमाडौं - कोरोनाको कहर झापास्थित जिल्ला प्रशासन कार्यालयको राजस्वमा समेत परेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७६÷०७७ को असारमसान्त सम्ममा विभिन्न शीर्षकबाट ४ करोड ३ लाख १५ हजार ६०० रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको छ ।
प्रशासनकाने राजस्व सङ्कलनमा अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ को भन्दा २ करोड ५३ लाख ३५ हजार ६४८ रुपैयाँले कमी हो । गत वर्ष कार्यालयले ६ करोड ५६ लाख ५१ हजार २८४ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
प्रशासनले सबैभन्दा बढी राहदानी बिक्रीबाट ३ करोड ९० लाख ८५ हजार, हातहतियार इजाजतबापत ३१ हजार, कम्पुटर अपरेटरको परीक्षाबाट ७ हजार ६०० तथा अन्य प्रशासनिक सेवा शुल्कबापत ११ लाख दुई हजार ४५० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयका लेखापाल टेकप्रसाद नेपालले बताए । रासस