काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४३, ललितपुरमा तीन तथा भक्तपुरमा पाँच व्यक्तिमा कोरोना संक्रमण भएको हो ।
त्यस्तै, नेपालमा आज ४ सय १८ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् । गौतमले देशभरका प्रयोगशालामा ७ हजार ६ सय ३७ पिसिआर नमुना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको बताएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३५८ जना व्यक्ति डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या १४ हजार ९ सय ६१ पुगेको छ । नेपालमा कोरोनाका कारण ५७ जनाको ज्यान गएको छ ।