काठमाडौं– प्रदेश नं १ को पर्यटक ‘हव’का रूपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा अघिल्लो वर्ष १४ हजार ७१२ पर्यटक अवलोकनका लागि पुगेका थिए । यो वर्ष पर्यटकको संख्या ३३.५७ प्रतिशतले घटेको छ ।
पछल्लो वर्ष ११ हजार १४ पर्यटकले कोशीटप्पु वन्यजन्तु आरक्षको अवलोकन भ्रमण गरेको आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले बताए । लकडाउनका कारण पर्यटक आगमनमा कमी आएको हो ।
यो वर्ष १० हजार ८२५ नेपाली कोशीटप्पु वन्यजन्तु आरक्ष भ्रमण अवलोकनका लागि पुगेका छन् । सार्क मुलुकका १९ र अन्य १७० विदेशी पर्यटकले आरक्षको अवलोकन भ्रमण गरेको आरक्षका संरक्षण अधिकृत चौधरीले जानकारी दिए ।
आरक्षमा लकडाउनका कारणले आन्तरिक तथा बाह्य पर्यटकको आगमनका कमी आएको आरक्षका संरक्षण अधिकृत चौधरीले बताए ।