काठमाडौं– एकजना डीएसपी सहित देशभर १ सय ३१ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । बारा र काठमाडौंमा १÷१ जना संक्रमित भेटिएका छन् ।
संक्रमित मध्ये झापाका ३३ जना र अरु बाँकी संक्रमित सशस्त्र प्रहरी इलाममा कार्यरत रहेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले जानकारी दिए ।
संक्रमित भएका मध्ये ६८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितहरुको उपचारसँगै उनीहरुको सम्पर्कमा आउका व्यक्तिको स्वाब संकलन र जाँच भैरहेको डीआईजी अर्यालले बताए ।
संक्रमण देखिएका स्थानमा जाँचका लागि अन्य यूनिटबाट टोली परिचालन गरिएको अर्यालले जानकारी दिए ।