काठमाडौं- नेकपाभित्र बढ्दो विवादको केन्द्रमा छन्, नेता वामदेव गौतम । अरुको फेर समातेर अघि बढ्ने छवि बनाएका गौतमको भूमिकाले नेकपाभित्र निकै प्रभाव पारेको प्रस्ट छ ।
आफूअनुकूल कहिले अध्यक्ष केपी शर्मा ओली त कहिले पुष्पकमल दाहालको क्याम्पतिर ढल्किरहेका गौतमको राजनीतिक चरित्रमाथि स्वाभाविक प्रश्न उठिरहेको छ । तत्कालीन एमाले फुटाएर माले बनाएदेखि नै गौतमलाई हेर्ने आमदृष्टि गतिलो छैन ।
ढुलमुलले नढलाओस् !
पार्टीको महाधिवेशनका बेला होस् या सरकार गठन, विघटन, विस्तार जस्ता मामलामा किन नहोस् ? उनी आफूलाई केन्द्रमा राखेर नजिक–टाढा हुन्छन् । अहिले पनि उनले पार्टीभित्रको विवाद मिलाउने नाममा ६ बुँदे सुझाव दिएका छन् । तर, विगतमा पार्टी फुटाएको नजिरले उनको सुझावलाई पनि स्वार्थकै रुपमा हेर्नेहरु धेरै छन् ।
-
जिन्दगानीमा एकपटक प्रधानमन्त्री भएरै छाड्ने सपना पूरा गर्न गौतमलाई जसले सघाउँछ, त्यतै ढल्कन्छन् । अहिले पनि उनको खास नियत त्यहीं नै हो ।
कुनै बेला ओली र गौतम ‘एकै आन्द्रो’ थिए । तर, अहिले उनीहरुको सम्बन्ध बिग्रिएको छ । पूर्वएमालेको पछिल्लो महाधिवेशनबाट ओलीलाई अध्यक्ष बनाउन सहयोग गरेका उनी अहिले दाहालसँग निकट छन् ।
दाहाल र गौतमलाई परिस्थितिले नजिक बनाएको हो । अझ भनौं, दुवैको स्वार्थ मिलेको छ । अनि, पछिल्लो समय ओलीसँग गौतम चिढिनु स्वाभाविक पनि हो । महाधिवेशनमा काँध थापेका गौतमलाई ओलीले किनारा लगाउन खोजे । जब प्रतिनिधिसभा निर्वाचनमा हारे वा हराइयो, तब गौतमको ‘पारो तात्यो’ । जिन्दगानीमा एकपटक प्रधानमन्त्री भएरै छाड्ने सपना पूरा गर्न गौतमलाई जसले सघाउँछ, त्यतै ढल्कन्छन् । अहिले पनि उनको खास नियत त्यही नै हो ।
ओलीले ‘प्रधानमन्त्री बनाउँछु’ भन्छन्, वामदेव मक्ख परेर उनीतिरै ढल्किन्छन् । प्रचण्ड वा माधव नेपाल क्याम्पतिर लाग्दा फाइदा हुनेजस्तो भयो भने उतै लाग्छन् । त्यसैले त उनलाई राजनीतिकका जानकारहरुले ‘ढुलमुले’ भन्छन् ।
नेकपाभित्र पनि पूर्वएमालेभित्रको गुटमाथि खेल्दै पार्टी र सत्ताको बागडोर सम्हाल्न दाहालले आफूलाई प्रयोग गरेको कुरा गौतमले बुझेका होलान् । अर्थात्, दाहालले गौतमलाई तुरुप बनाइरहेका छन् ।
यो पनि पढ्नुहोस्: एमाले–माओवादी एकता : चामलमा कोदो मिसिए जस्तो !
वामदेव पूर्वएमालेमा पनि तेस्रो धारका रूपमा थिए । ओली र माधव नेपाल समूहबीच रस्साकस्सी हुनुको फाइदा लिनमा उनले ज्यादा प्रयास गर्थे । तेस्रो धार हुँदा निर्णायक होइन र आफ्नो भागमा पनि केही पर्ने लोभका कारण गौतम कहिल्यै शक्तिशाली भएनन् । अहिले दाहालसितको निकटताले पनि गौतमलाई फाइदा होला, नहोला ! तर, दाहाललाई फाइदा हुने निश्चितप्रायः छ ।
कुरा नमिल्दा तत्कालीन एमाले फुटाएर माले बनाउने र फेरि सहजै एमालेमा गाँभिन सक्ने ‘हिम्मत’ राखेका गौतमका कारण नेकपाले फेरि क्षतिको सामना गर्नुपर्ने खतरा कमजोर छैन ।
पछिल्लो समय झन् ढलमल !
निकै रस्साकस्सीपछि १३ साउनमा बसेको नेकपाको स्थायी कमिटीमा गौतमले २७ मिनेट ओलीको विरोध गरेको बैठकमा सहभागी एक नेताले बताए । जुन दिन उनले दुवै अध्यक्षलाई मिलेर अघि बढ्न ६ बुँदे सुझाव दिए । तर, उनको सुझावलाई नेताहरुले खासै महत्त्व नदिएको बुझिएको छ ।
यसअघि वैशाख १७ गतेको सचिवालय बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्रीको चर्को आलोचना गर्दै राजीनामा मागे । विरोध बढेपछि ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने आश्वासन दिए । त्यसपछि उनी ओलीको गुणगान गाउनतिर लागे । प्राविधिक रुपमा समेत प्रधानमन्त्री बन्ने छाँट नदेखेपछि उनी दाहालतिर सल्किए । यसले उनको ढुलमुले चरित्रलाई सतहमै ल्याइदिएको छ ।
किन चिढिए ओलीसँग ?
आफूलाई ओलीले पटक–पटक धोका दिएको गौतमको आरोप छ । पार्टीको नवौं महाधिवेशनमा अध्यक्ष बनाउन सघाए पनि प्रधानमन्त्री भएपछि पार्टीको कार्यकारी अधिकार नपाएपछि वामदेव नराम्ररी चिढिए ।
-
प्रचण्ड–गौतम सम्बन्ध पुरानो हो । तत्कालीन स्थितिमा माओवादी भूमिगत हुँदादेखि नै उनीहरुको सम्बन्ध राम्रो थियो । पहिलोपटक प्रचण्ड प्रधानमन्त्री हुँदा गौतमलाई गृहमन्त्री बनाएका थिए । त्यसपछि उनीहरुको सम्बन्ध झन् प्रगाढ भएको बताइन्छ ।
१७ असोज २०७४ सालमा तत्कालीन एमाले र माओवादीबीच चुनावी गठबन्धन बन्यो । गौतमले चुनाव हारे । ओलीकै कारण चुनाव हारेको उनको बुझाइ छ । पराजित भएपछि पनि विभिन्न ठाउँबाट उपचुनाव लडेर प्रतिनिधिसभा सदस्य हुन खोजे, गौतम । यसमा पनि ओली नै बाधक बनेको गौतमको आरोप छ ।
प्रचण्ड–गौतम सम्बन्ध पुरानो हो । तत्कालीन स्थितिमा माओवादी भूमिगत हुँदादेखि नै उनीहरुको सम्बन्ध राम्रो थियो । पहिलोपटक प्रचण्ड प्रधानमन्त्री हुँदा गौतमलाई गृहमन्त्री बनाएका थिए । त्यसपछि उनीहरुको सम्बन्ध झन् प्रगाढ भएको बताइन्छ ।
२०७५ पुसमा प्रचण्डसँग मिलेर ओलीविरुद्ध क्याम्प बनाउनेमा वामदेवको भूमिका प्रधान भएको बताइन्छ । कतिपय नेताले त गौतमको ढुलमुले प्रवृत्तिकै कारण निर्णय गर्न कठिन भएको बताउँछन् ।
गत भदौमा ओली सचिवालयमा अल्पमतमा परे । उनले त्यो समस्या टार्न पनि गौतमलाई प्रयोग गरे । विधानमा नै नभएको उपाध्यक्ष पद सिर्जना गरेर गौतमलाई दिइयो । उनलाई फकाउन नै संगठन विभाग प्रमुख बनाइयो । गौतमको उपाध्यक्ष पुसको केन्द्रीय कमिटीले पास गरेको हो ।
उपाध्यक्ष र संगठन विभाग प्रमुख भए पनि गौतमको राष्ट्रियसभामा जाने चाहना पूरा भएन । राष्ट्रियसभाको निर्वाचनमा आफू नउठ्ने घोषणा गरेर ब्याक भएका गौतम पुनः चुनाव लड्न तयार भए । उनको चाहना पूरा गर्न प्रचण्ड–नेपालले २०७६ फागुनमा सचिवालय बैठकमा प्रस्ताव पेस गरे । तर उक्त प्रस्तावमा ओली सकारात्मक भएनन् ।
यो पनि पढ्नुहोस्: एमाले–माओवादी एकता : चामलमा कोदो मिसिए जस्तो !
#Bamdev #PoliticalAnalysis