काठमाडौं– जनयुद्धका क्रममा घाइते भएका सुनकोशी–६, सुनखानी, सिन्धुपाल्चोकका नैनबहादुर तामाङलाई मंगलबार ६ लाख ७५ हजार ५ सय रुपैयाँ सहयोग जुटेको छ । उनले नेकपाका युवा नेताहरूले गरेको संकलनबाट १ लाख ७५ हजार ५ सय रुपैयाँ सहयोग पाएका छन् भने नेपाल सरकारका तर्फबाट ५ लाखको आश्वासन पाएका छन् ।
युवा नेताले संकलन गरेको रकम राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय नेता कसम गुरुङले हस्तान्तरण गरेका थिए भने गृहमन्त्रीका स्वकीय सचिव विरु तामाङले मन्त्रालयको तर्फबाट ५ लाखको सहयोगको पहल भएको बताएका थिए ।
उनीहरूको साथमा भरत पराजुली, नकुल गाैतम, सुबित ढुङ्गाना,ललिता गाेले ,धनकुमार मैनाली, दिनेश थपलिया,राज घिमिरे, दिपेन्द्र श्रेष्ठ, शुलभ घिमिरेलगायत सहयोगका लागि पुगेका थिए । तामाङको भक्तपुर क्यान्सर अस्पतालमा विगत १८ महिनादेखि उपचार भइरहेको छ ।
‘द्वन्द्वमा उहाँको घाँटीमा गोली लागेको थियो । उहाँलाई क्यान्सर भएको छ । थप उपचार र उहाँको मनोबल उच्च बनाउन सहयोग गरेका हौं,’ राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य धनकुमार मैनाली भने । जनयुद्धमा योगदान गरेका योद्धालाई बचाउन राज्यलगायत सबै पक्षले सहयोग गर्नुपर्ने उनले बताए ।
उनी माओवादी जनयुद्धमा बन्दुकको छर्रा लागेर घाइते भएका थिए । घाउ बल्झिएर क्यान्सर भएपछि उपचारका लागि आर्थिक अभाव झेलिरहेका छन् ।
नैनबहादुरलाई सहयोग गर्ने नेकपा युवा नेताहरुको नामावली
फुर्पुछिरिङ शेर्पा– १००००
निरजकुमार शाही– ५०००
धनकुमार मैनाली–५०००
पुष्पराज श्रेष्ठ– ५५००
राजकुमार श्रेष्ठ– ३०००
राजु जिरेल– ५०००
सन्तोष गुरुङ–२०००
नवराज दाहाल–५०००
नवराज तामाङ–४५००
अविरल मगर–३०००
मदन काफ्ले–१०००
विजय तामाङ–१०००
तेज तामाङ–१५००
ज्ञानबहादुर दुङ्गाना–२०००
राजकुमार तामाङ–१५००
ज्ञानबहादुर गुरुङ–२०००
लालबहादुर दर्जी–२५००
नारन ठाडा–१०००
वसन्त माझी–१०००
गणेश वि.क.–५०००
राजन गौतम–३०००
सूर्यबहादुर लामा–२०००
दिनेश थपलिया–८०००
सुमन दाहाल–१००००
रामहरि बजगाई–५५००
राजकुमार सिलवाल–५०००
सुमनकुमार केसी–५०००
श्यामकृष्ण महर्जन–५०००
कपिल केसी–५०००
नारायण थापा–५०००
शिव कट्टेल–१०००
नवराज ढुङ्गाना–२०००
राजु आले मगर– १५००
डोल्मामाया गोले–२५००
राज घिमिरे–६०००
सुनिल देशार–३०००
सुलभ घिमिरे–१०००
मदन तामाङ–१५००
सञ्जय लामा–१०००
चन्द्र घलान–१०००
गंगा श्रेष्ठ–१५००
रोशन खड्का–३०००
वीरमान तामाङ–१०००
वासु शर्मा गौतम–१०००
हरिकृष्ण श्रेष्ठ–१०००
महेन्द्र ठकुरी–१०००
गान्दिप कार्की–१०००
दीपेन्द देशार–१५००
अजय माली–२०००
राम महर्जन–१०००
समीर थापा–२०००
हरि पहरी–२०००
विकास दाहाल–२०००
मुकुन्द पहरी–३०००
कृष्ण महर्जन–२५००
सागर तामाङ–२०००
प्रेम लामा–२०००
मोहन नगरकोटी–२०००
अमूल्य राना मगर–१०००
राकेश बज्राचार्य–१५००