काठमाडौं– यो वर्षको गाईजात्रा पर्व कोरोना कहरमै सकिएको छ । समय सहज भएको भए राष्ट्रिय सभा गृह, प्रज्ञा भवन र नाचघरका हलमा गाईजात्रा विशेष कार्यक्रमहरु आयोजना हुन्थे ।
गाईजात्रा विशेष यस्ता कार्यक्रममा अन्य कलाकारसँगै सहभागी हुन्थे घनश्याम गौतम । यो वर्ष गाईजात्राका कार्यक्रम नहुने नक्कली प्रचण्डका रुपमा चिनिएका गौतमले अन्य हाँस्य कलाकारसँग मिलेर गाईजात्राका भिडियो निर्माण गरेका छन् ।
गौतमले दमन रुपाखेती र उत्सब केसीसँग मिलेर ‘वार कि पार’ नामक गाईजात्रा विशेष प्रस्तुती तयार पारेका छन् । यस्तै उत्तम केसीको गाईजात्रा ‘चुइ चुई पारेर’ दमन रुपाखेतीको गाईजात्रे प्रस्तुति ‘खल्ली बल्ली’ सार्वजनिक गरेका छन् ।
कलाकार गौतमले चर्चित ढुंगेलसँग मिलेर ‘कडा खबर गाईजात्रा २०७७’ नामक प्रस्तुती तयार पारेका छन् । जसमा ५ वटा प्रस्तुति रहेका छन् । प्रचन्ड ओली फोन बार्ता ‘कुरी कुरी कुर्सी, अन्तरबार्तामै हानाहान, ओली प्रचण्ड दोहोरी, आउट अफ ट्र्याक, प्यारोडी गीत र डान्स’ रहेका छन् ।
कलाकार गौतमले लेखन तथा निर्देशन गरेको उक्त सामग्रीमा रन्जु बस्नेतले क्यामरा चलाएका छन् । कृष्ण पाण्डेले सम्पादन गरेको गाईजात्रा विशेष प्रस्ुतीको निर्माण चर्चित ढुंगेलले गरेका हुन् ।