काठमाडौं– मदन पुरस्कार गुठीले यस वर्षका लागि उत्कृष्ट ७ पुस्तक छनाेट गरेको छ । गुठीले १५१ पुस्तकबाट सात पुस्तकको सूची तयार पारेको हो ।
उत्कृष्ट सातको सूचीमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको 'चक्रव्यूह', भुवन ढुंगानाको 'परित्यक्ता', योगी धर्ममहारसको 'महारसनिघण्टु', चन्द्रप्रकाश बानियाँको 'महारानी', ललित विष्टको 'मोहपथ' र शारदा शर्माको 'यात्रा' रहेका छन् ।
उत्कृष्ट सातमा परेका मध्येबाट एउटा पुस्तकका लागि मदन पुरस्कार दिइनेछ ।