एजेन्सी - मंगलबार लेबनानको राजधानी बेरुतमा बम विस्फोट भएपछि खाद्य सङ्कट आउन सक्ने बताइएको छ ।
अहिले बिस्फोटका कारण धेरै खाद्यान्न नष्ट भएपछि खाद्य सङ्कट आउनसक्ने अनुमान गरिएको छ ।
लेबनानका वित्त मन्त्री राउल नेहेले मुख्य खाद्य भण्डार नै नष्ट भएकाले आफुहरु समस्यामा परेको बताएका छन् ।
राउलले लेबनान विस्फोट भन्दा पहिला नै आर्थिक सङ्कटमा परेको अब लेबनानमा एक महिनाभन्दा कम समयको लागि मात्रै अन्न रहेका बताएका छन् ।
लेबनानमा भएको शक्तिशाली विस्फोटका कारण १ सय ३५ को मुत्यु भएको छ भने ४ हजारभन्दा बढीलाई घाइते भएका छन् ।