दार्चुला– दुहु गाउँपालिका–३ चौपाती बस्ने ५३ वर्षीया नरबहादुर बमलाई आफ्नै आमा ८२ वर्षीया नारु देवी बमको हत्या गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कुटपिटबाट आमाको हत्या गरी घरबाट करिब ५० मिटर टाढा खोला नजिक फालेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ब्रम्हदेव र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।